अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

समाजवादी पार्टीलाई नेकपामा समाहित हुन प्रचण्डको आग्रह

बिआरटीनेपाल २०७६ माघ ८ गते ८:०२ मा प्रकाशित

सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले समाजवादी पार्टीलाई नेकपामा समाहित हुन आग्रह गर्नुभएको छ । बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईलाई मुलुकको विकास र समृद्धि तथा स्थायित्वका लागि नेकपामा आउन प्रचण्डले आग्रह गर्नुभएको हो । समाजवादी पार्टी छोडेर नेकपा प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै प्रचण्डले सबै मिलेर अगाडि बढ्नुपर्ने अवस्था आएको बताउनुभयो ।

समाजवादी पार्टीमा अशोक राई र बाबुराम भट्टराई निरीह भएर बस्नुपरेको उल्लेख गर्दे उहाँले धेरै झमेला गर्नुभन्दा मिल्न आए राम्रो हुने स्पष्ट पार्नुभयो । कार्यक्रममा समाजवादीका केन्द्रीय सदस्य रामप्रसाद रिजालले उक्त पार्टीमा भट्टराई र राई निरीह रहेको बताउनुभएको थियो । त्यसपछि भाषण गर्नुभएका प्रचण्डले समाजवादीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राईलाई नेकपामा समाहित हुन आग्रह गर्नुभएको हो ।

नेकपाले सरकारको नेतृत्वकर्ता भएको नाताले प्रतिपक्षी दलहरूसँग हातेमालो गर्न चाहेको उल्लेख गर्दै प्रचण्डले सदनमा र सदन बाहिर पनि सत्ता र प्रतिपक्ष हातेमालो गरेर अगाडि बढिरहेको बताउनुभयो । प्रचण्डको उक्त भनाइ सभामुखमा नेकपाका उम्मेदवार विरुद्ध कांग्रेसले उम्मेदवार नउठाएपछि आएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू