अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१९ | Colorodo: 09:34

काठमाडौँमा अनेसासको विशेष कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७६ माघ ७ गते २१:३२ मा प्रकाशित

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) नेपालका पदाधिकारीलगायतका सदस्यहरू सहित अनेसास केन्द्रीय समितिका केन्द्रीय अध्यक्ष श्री राधेश्याम लेकाली, उपाध्यक्ष शान्तिराम ढकाल तथा महासचिव श्री गणेश घिमिरेसँग संस्थागत विकास, भावी कार्ययाेजना, नेपाली साहित्यको समसामयिक वस्तुस्थिति तथा साङ्गठनिक सुदृढीकरणलगायतका विषयमा आज बोका भात रेस्टुरेन्ट, अनामनगर, काठमाडौँमा विशेष छलफल कार्यक्रम सम्पन्न भयो ।

सोही अवसरमा केन्द्रीय नेतृत्वले जापानमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलनले गरेका नीतिगत निर्णयको जानकारीसमेत गरायो । नेपाल भ्रमणमा रहनु भएका उपाध्यक्ष ढकाल र महासचिव घिमिरेलाई स्वागत सम्मान गर्दै अनेसास नेपालकी अध्यक्ष सन्ध्या पहाडीले अनेसास नेपालले अवलम्बन गर्ने भावी रणनीतिबारे धारणा राख्नु भयो । केन्द्रीय अध्यक्ष लेकालीको प्रमुख आतिथ्यमा आयोजित संयुक्त छलफल कार्यक्रमले नेपाली साहित्यको उन्वयनमा थप टेवा पुर्‍याउन अनेसासले विशेष भूमिका खेल्नु पर्ने धारणा व्यक्त गरियो । कार्यक्रममा प्रकाशन योजना, पुरस्कार तथा ड्यासपाेरिक साहित्यको क्षेत्रमा विशेष योजना बनाउनु पर्ने विचारहरू विभिन्न व्यक्तिहरूबाट अभिव्यक्त गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू