अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

कतारमा २८५६ सोनाम ल्होछार सम्पन्न

डिबि तामाङ २०७६ माघ ७ गते ११:१२ मा प्रकाशित

दोहा कतार । गत शुक्रवार १७ जनवरी २०२० मा नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले आयोजना गरिएको २८५६ औँ सोनाम (जीवा ल्हाे/ नाम्यूङ वर्ष) ल्होछार समारोह तथा प्रथम वार्षिकोत्सव- २०२० संस्थाका का.वा. अध्यक्ष ज्ञानमान थिङ तामाङ (तारा) को सभापतित्वमा तथा नेपाली राजदूतावास दोहा कतारका महामहिम राजदूत डा.नारदनाथ भारद्वाजको प्रमुख आतिथ्यमा एसियन टाउन, ग्राण्ड मलमा अवस्थित क्रिकेट स्टेडियमको सभा हलमा सभ्य र भव्यताका साथ सम्पन्न भएको छ।

विशिष्ट अतिथिहरूमा, एनआरएनए आइसिसी पूर्व मानार्थ सदस्य कमलमणि गुरागाँइ, नेपाली राजदूतावास कतारका द्वितीय सचिव प्रवीण भट्टराई , तृतीय सचिव तुलसी प्रसाद कोइराला, एनआरएनए एनसिसि कतारका अध्यक्ष माेहमद मुक्तदा मुसलमान, एनआरएनए एनसिसि हङकङका महासचिव गाेकर्ण ढकाल, प्रवासी नेपाली एकता मंन्च कतारका अध्यक्ष चाणक पोख्रेल, जनसम्पर्क समिति कतारका सभापति शङ्कर न्यौपाने, नेपाली समाज कतारका अध्यक्ष हिरा धन राई, सङ्घीय लिम्बु वान कतारका अध्यक्ष रेखा राई , प्रदेश नं. ३ समन्वय समिति कतारका अध्यक्ष समीर के सी, गण्डकी प्रदेश कतारका वरिष्ठ उपाध्यक्ष प्रेम रसाइली , लुम्बिनी प्रदेश कतारका प्रथम उपाध्यक्ष ठाकुर कुमार परियार, नेपाली धानुक सेवा समाज कतारका सचिव सुर्यनरायण मण्डल, तमु प्ये ल्हु सङ्घ कतारका अध्यक्ष रविन्द्र तमु, तमु गुरुङ समाज कतारका महासचिव तेज गुरुङ, किराँत याकथुङ चुम्लुग कतारका प्रतिनिधि सगर लिम्बू, व्यवसायी तथा समाजसेवी दिल किरण खजुम, सागर अधिकारी , सलिम खान, समाजसेवी तथा बुद्धिजीवी प्रेम लामा तामाङ उपस्थिति रहेका थिए ।

अतिथिहरूमा सिन्धुली सेवा समाज कतारका कार्यवाहक अध्यक्ष निस बहादुर सुनुवार, सर्लाही प्रवासी सेवा समाज कतारका अध्यक्ष कुमार न्यौपाने, नुवाकोट सेवा समाज कतारका कार्यवाहक अध्यक्ष रामहरि अधिकारी ,खाेटाङ सेवा समाजका उपाध्यक्ष डिल्ली सेर खड्का ,अर्घाखाँची सेवा समाज कतारका उपाध्यक्ष बम बहादुर बस्नेत, काभ्रेपलान्चोक सेवा समाजका अध्यक्ष नारायण विष्ट, बुद्वभुमि कपिलवस्तु सेवा समाजका अध्यक्ष अख्तर अलिखान, समाजसेवी सहनावाज पखेज, यज्ञ प्रसाद दाहाल , चितवन सेवा समाज कतार प्रतिनिधि ईश्वर पौडेल, तामाङ बिगो परिवारका राजीव तामाङ , लिमाे लाईटका सलिम खान, नुवाकोट जिल्ला साल्मे सङ्गमका वडा अध्यक्ष एकराज घले साथै मिडिया कर्मी, सिभ राज गौतम, डिबि तामाङ, लीला आले मगर, राज लुजाल, दिनेश मानन्धर लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

तामाङ समुदायको मौलिक कला ,संस्कार संस्कृति भेष भुषा,भाषा, धर्म, लिपिको संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले ” सोनाम ल्होछारको प्रवर्द्धन ,, हाम्रो सांस्कृतिक एकताको मूल नारा,ताम्सालिङ प्रदेशको स्थापना,, हाम्रो राजनीतिक एकताको मूल अभिभारा !!’ भन्ने मूल नाराका साथ आयोजित ल्होछार कार्यक्रम बौद्ध धार्मिक अनुसार लामा गुरुहरूद्वारा पूजापाठ शुद्धता गरी, मोलम मन्त्र प्रवचन पश्चात् सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथिहरूद्वारा संयुक्त रूपमा दीप प्रज्वलन , राष्ट्रिय गान वाचन गरी समारोह उद्घाटन गरिएको थियो भने विशेष गरी नुवाकोट, रसुवा, धादिङ भेगमा प्रचलित संस्कार लामा नाच, घोडा नाच, बदेल नाच, खन्डङ् नाच लगायत विभिन्न झाँकी कला प्रदर्शन गरेका थिए। संस्कृति घेदुङ कतारका स्थानीय कलाकार हरुले स्वागत नृत्य, ताम्बा घेदुङ कतारले स्वागत गीत प्रस्तुत गरेको थियो।

संस्थाका सचिव विकास तामाङ ले कुशल ढङ्गले सञ्चालन गरेको उक्त कार्यक्रमलाई औपचारिकता दिने क्रममा स्वागत मन्तव्यका साथै घेदुङ्को पृष्ठभूमि, इतिहासको बारेमा संस्थाका विशेष सल्लाहकार इन्द्र ब. तामाङले प्रस्ट पारेका थिए।

आमन्त्रित अतिथि कलाकार फुल कुमार बम्जन, पूर्णिमा लामा, शुभ घलानको बेजोड प्रस्तुतिले मञ्च गुञ्जायमान पारेको थियो। साथै संस्कृति घेदुङ कतारका स्थानीय कलाकारहरूको उत्कृष्ट सांस्कृतिक गायन तथा नृत्य प्रस्तुतिले दर्शकहरू अतिथिहरुहरु समेत मञ्चमा सरिक भएर अत्यन्तै झुमेको देख्न सकिन्थ्यो।

प्रतिभा र क्षमता भएर पनि तामाङ जाती अवसरको कमिले निश्चित दायरामा बाध्य भएर बस्नुपरेको अवसर पाएमा तामाङ जातिले राष्ट्र निर्माणमा ठुलो योगदान पुग्ने मत नेपाली दूतावासका महामहिम राजदूत डा. नारदनाथ भारद्वाजले राख्नुभयो । ल्होछार समारोहलाई सम्बोधन गर्दै महामहिम ले कतारमा रहँदा त्यस देशको कानुनको पालना गर्दै नेपाल र नेपाली समाजप्रति उत्तरदायी हुन समेत सबैलाई अनुरोध गर्नुभएकोछ । उहाँले थप्नु हुन्छ तामाङहरू हरेक क्षेत्रमा धेरै विद्धान छन्, सबैले चिनिने प्रख्यात नाम सुवास घिसिङ, विमल तामाङ, विनय तामाङ, कला प्रस्तुत गरी भारतलाई हल्लाउने प्रशान्त तामाङ, कुन्ती मोक्तान यही समुदायक प्रतिभा शाली कलाकारहरू हुन् । यस्तो ऐतिहासिक समारोहमा छोटो समयको लागि भए पनि उपस्थित हुने अवसर मिलेकोमा आफैलाई गौरवान्वित ठानेको छु।

देशको विभिन्न राजनितिक गतिविधिमा तामाङ जातिको योगदान र सहभागीको बारेमा नेपाली प्रवासी सम्पर्क मन्चका अध्यक्ष चाणक पोख्रेलले बताउनुभयो ।तामाङ जातिले प्रवासमा आफ्नो मौलिक पहिचानको प्रबर्द्धनमा गरेको प्रयासको निरन्तरता राख्दै अन्य धर्म समुदायसङ सहकार्य गर्नुपर्ने बिचार पत्रकार महासंघका अध्यक्ष करिम बकस मियाँ ले शुभकामना मन्तव्यका क्रममा राख्नुभयो ।

पर्वमा सरकारले सार्वजनिक विदाको व्यवस्था गर्नुपर्ने र राष्ट्रिय महत्वको विषय हुनुपर्ने मत राख्दै तामाङ जाति लगायत नेपालका आदिवासी जनजातिमाथी राज्यले गरेको विभेदकारी नीति खारेज खारेज गर्नुपर्ने माग नेपाली समाज कतारका अध्यक्ष हिराधन राइले राख्नुभयो ।

कार्यक्रममा अन्य बिशेष अतिथि तथा अतिथि हरुले शुभकामना मन्तब्य तथा प्रवासमा रहेर आफ्नो समुदायको मौलिक पहिचान कला, संस्कृति, भाषा लिपि, धर्म को जगेर्ना र प्रवर्धन हुने कार्य गरेकोमा खुसि व्यक्त गर्दै आयोजक लाई बधाई समेत दिनु भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख सल्लाहकार बिनेश तामाङले सम्पुर्ण प्रवासी र भएर समाज बिकासमा एकजुट हुन आग्रह गरेकाछन । संस्थाका कार्यवाहक अध्यक्ष तथा समारोहका सभापति ज्ञानमान थिङ् तामाङ तारा ले ल्होछारको शुभकामना व्यक्त गर्दै कार्यक्रममा उपस्थित अतिथि कलाकार, अतिथिगण, कार्यक्रम सफलता पार्नुको निम्ति अहोरात्र खट्ने आयोजक टिम लगायत, प्रायोजकहरु, सपोर्टर, स्थानिय कलाकार , पत्रकार साथै प्रत्यक्ष, अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता ब्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

उक्त कार्यक्रम बलदिया को अप्रुभल पाएकोले स्थानिय प्रहरी सुरक्षा कर्मीले समेत दिनैभरि तैनाथ सुरक्षा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू