अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३३ | Colorodo: 16:48

राजधानीमा नेपाली चलचित्र “कीर्ति”को शुभ मुहूर्त सम्पन्न

बिआरटीनेपाल २०७६ माघ ७ गते १०:५६ मा प्रकाशित

काठमाडौँ । राजु गिरि प्रोडक्सन प्रालि र सिक्किम फिल्म्सको संयुक्त प्रस्तुतिमा चलचित्र ‘कीर्ति‘ को मङ्गलवार राजधानीमा एक कार्यक्रमका बिच शुभ मुहूर्त सम्पन्न भयो । नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रबिन्द्र खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न शुभ मुहूर्त कार्यक्रममा वरिष्ठ सौन्दर्यबिच सिता पाठक, ईभेण्ट अर्ग्नाइजर गोमा धिताल, नेपाल चलचित्र कलाकार सङ्घका सदस्यहरू रामेश्वर बुर्लाकोटी, धर्मेन्द्र आचार्य, जीवन थापा, कलाकार सुदर्शन आचार्य लगायतका अतिथिहरू रहेका थिए ।

उक्त चलचित्रका नायक रोशन बिशुंके, कलाकार सबिन बास्तोला, कलाकार सावित्रा चिलुवाल लगायतका कलाकारले मुहूर्त सर्ट दिएको कार्यक्रममा प्रमुख अतिथि रबिन्द्र खड्काले क्ल्याप दिएर शुभ मुहूर्त सम्पन्न गरेका थिए ।

चाडै नै दार्जिलिङ र सिक्किममा छायाङ्कन थालिने चलचित्र ‘कीर्ति‘ मा नायक रोशन बिशुंके, नायक कमल शर्मा, नायिका करिश्मा क्षेत्री, कलाकारहरू सबिन बास्तोला, सावित्रा चिलुवाल, दावा गुरुङ, शारदा गिरि(काली बुढी) छनौट भएका र अन्य कलाकारहरू सिक्किम बाट नै अडिसन मार्फत छानिने निर्माता दावा गुरुङले बताए ।

चलचित्र ‘कीर्ति ‘का प्रस्तुतकर्ता नवीन पाख्रिन हुन भने निर्देशक राजु गिरि, निर्माता दावा गुरुङ, सङ्गीत नवीन पाख्रिन, छायाङ्कन रामेश्वर हुँमागाई र कोरियोग्राफर रामजी लामिछाने रहेका छन् । एक करोड भन्दा बेसीको लगानीमा निर्माण गर्न लागिएको चलचित्र “कीर्ति” को सम्पूर्ण छयांकन सिक्किम र दार्जिलिङमा गरिने कुरा निर्माता दावा गुरुङ बताएका छन् ।

प्रतिक्रिया