अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५८ | Colorodo: 04:13

विभेद अन्त्यका लागि युवाको भूमिका महत्वपूर्ण

बिआरटीनेपाल २०७६ माघ ७ गते ६:५३ मा प्रकाशित

प्रतिनिधिसभाअन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले आर्थिक तथा सामाजिक जीवनका क्षेत्रहरुमा पुरुष तथा महिलालाई समान अधिकार सुनिश्चित गर्न समिति प्रतिबद्ध रहेको बताउनुभएको छ । ‘समानताको पुस्ता – प्रतिबद्ध युवा दस्ता’ भन्ने नाराका साथ मंगलबारदेखि काठमाडौंमा सुरु भएको राष्ट्रिय युवा सम्मेलनमा उहाँले महिला र पुरुषबीचको एकताबाट मात्र परिवर्तन सम्भव हुने भएकाले त्यसका लागि समिति प्रतिबद्ध रहेको बताउनुभयो ।

समाज रुपान्तरण र लैंगिक विभेद अन्त्यका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसका लागि युवा जागरुकता आवश्यक रहेकामा श्रेष्ठले जोड दिनुभएको छ । युवा शक्तिलाई महिला सशक्तिकरण र र हिंसा न्यूनीकरणका लागि उपयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।

महिला अधिकारकर्मी बन्दना राणाले लैंगिक असमानता, यौन प्रजनन, स्वास्थ्यलगायतका अभियानमा युवाहरुको सकारात्मक भूमिका हुनुपर्ने बताउनुभयो । महिलामाथि हुने गरेका सबै प्रकारका विभेदको अन्त्यका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने राणाको भनाई छ । ‘एसिड’ आक्रमण प्रभावित बालिका मुस्कान खातुन अन्सारीले समाजमा महिला र बालबालिकामाथिको हिंसा अन्त्य हुन नसकेकाले त्यसका लागि सहकार्य आवश्यक रहेको बताउनुभयो । दुई दिनसम्म चल्ने सम्मेलनमा सात प्रदेशका २०० बढी युवा सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू