अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१३ | Colorodo: 03:28

नेकपा केन्द्रीय समितिको बैठक राष्ट्रिय सभागृहमा बस्ने

बिआरटीनेपाल २०७६ माघ ७ गते ६:५० मा प्रकाशित

नेकपाको केन्द्रीय समितिको बैठक राष्ट्रिय सभागृह काठमाडौंमा बस्ने भएको छ । केन्द्रीय समितिको आकार ठूलो भएपछि पार्टी मुख्यालमा बस्ने अवस्था नहुँदा नेकपाले सभागृहमा बैठक आव्हान गरेको हो । हाल नेकपाको चार सय ४५ सदस्यीय केन्द्रीय समिति छ । नेकपाले हालै केन्द्रीय समिति सदस्यहरुलाई पठाएको निमन्त्रणमा लेखिएको छ, ‘यही आउँदो माघ १५ गते बुधबार दिनको ठिक ११ बजे केन्द्रीय समितिको पूर्ण बैठक राष्ट्रिय सभागृह काठमाडौंमा सुरु हुने भएकाले अनिवार्य उपस्थितिको लागि अनुरोध गरिन्छ।’

माघ १५ गते बस्ने बैठकमा मुख्यत चार एजेण्डा तय छन्। एजेन्डा यसअघि नै पार्टीको स्थायी समितिबाट तय भएका थिए। मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी समिति बैठकले पुस २३ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको थियो। तर, तयारी नपुगेको भन्दै पुस २० गते बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक पछि सारेको थियो। सभामुखको निर्वाचन, राष्ट्रिय सभाको निर्वाचनलगायतका महत्वपूर्ण काम सकेपछि नेकपाको केन्द्रीय समितिको बैठक बस्न लागेको हो। र, नेताहरुले यसपाली बैठक स्थगित नहुने दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू