अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२७ | Colorodo: 03:42

नेपाली फुटवलर सावित्रा र अनिताले भारतीय महिला लिग खेल्ने

बिआरटीनेपाल २०७६ माघ ७ गते ६:४९ मा प्रकाशित

सावित्रा भण्डारी र अनिता बस्नेतले चौथो संस्करणको भारतीय महिला लिग खेल्ने भएका छन् । नेपाली राष्ट्रिय महिला फुटबल टिमका महत्वपूर्ण सदस्य सावित्रा र अनिताले लगातार दोस्रो सिजन भारतीय महिला लिग खेल्ने पक्का भएको हो । चौथो संस्करणको भारतीय महिला लिग आगामी शुक्रबार बेङ्गलोरमा सुरु हँुदैछ ।

लिगमा भारतका १२ टिमले दुई समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन् । समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् । सावित्रा र अनिताले गत सिजन सेथु फुटबल क्लबबाट खेलेका थिए । तर नयाँ सिजन सावित्राले गोकुलमबाट खेल्ने बताईएको छ । सावित्रा र अनिता आजै भारत प्रस्थान गरेका छन् ।

प्रतिक्रिया