अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२० | Colorodo: 15:35

मलेसिया–११ विरुद्ध नेपाल ११–टिमले लगातार दोस्रो जित

बिआरटीनेपाल २०७६ माघ ७ गते ६:४८ मा प्रकाशित

नेपाल भ्रमणमा रहेको मलेसिया–११ टिम विरुद्ध नेपाल–११ टिमले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा नेपाल–११ ले मलेसिया–११ लाई एक सय ७० रन हराएको हो । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल–११ ले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९० रन बनायो ।

नेपाल–११ का लागि सुवास खकुरेल ४८, सुनिल धमलाले २४, कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको बनाए । यस्तै रोहित पौडेलले ५३ रन बनाउँदा, लोकेश बमले ३२ र बिनोद भन्डारीले २१ थपे । जवाफमा मलेसिया–११, २८ ओभर चार बलमा १ सय २० रनमा अलआउट भयो । मलेसिया–११ लाई सस्तैमा समेट्न ललित राजवंशी र किशोर महतोले तीन तीन विकेट लिए । यसअघि पहिलो खेलमा पनि नेपाल ११ विजयी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू