अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२८ | Colorodo: 08:43

पश्चिमी न्यूनचापीय वायुको प्रभावले बढायो वर्षा र हिमपातको सम्भावना

बिआरटीनेपाल २०७६ माघ ७ गते ६:४७ मा प्रकाशित

पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक÷ दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो फेरि नेपालको पश्चिमी भूभाग हुँदै पश्चिमी न्यूनचापीय प्रणाली विकसित भएकाले पुनः वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ती कँडेलले बताउनुभयो । मौसमविद् कँडेलका अनुसार यसवर्ष मौसमी प्रणालीको प्रभावले केही दिन मौसम खुला हुने र फेरि बदलीसहित वर्षा र हिमपात हुनेजस्ता अवस्था दोहोरिरहेको छ । हाल देशको पश्चिमी भूभागमा सामान्य बदली तथा अन्य भूभागमा आंशिक बदली रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू