अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३७ | Colorodo: 18:52

धादिङमा भएको मिनी ट्रक दुर्घटनामा ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ माघ ७ गते ६:४१ मा प्रकाशित

धादिङमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । ज्वालामुखी गाउँपालिका–४ मन्डली दर्शन गरेर फर्केएिका दर्शनार्थी चढेको मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी २५ जनाभन्दा बढी घाइते भएको प्रहरीले बताएको छ ।

निलकण्ठ नगरपालिका–८ मैदीभञ्जाङमा ग १ ख ८०१२ नम्बरको ट्रक पल्टिएको प्रहरीले जानकारी दिएको छ । ट्रकमा मण्डली दर्शन गरेर फर्किएका निलकण्ठ–२ भुलभुलेका स्थानीयबासी रहेकोजिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू