अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 04:44

प्रधानमन्त्री ओली र मोदीबीच वार्ता, दुई देशबीच थाँती रहेका मुद्दा सुल्झाउनेबारे छलफल

बिआरटीनेपाल २०७६ माघ ७ गते ६:३८ मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई दुई देशबीच थाँती रहेका मुद्दा पनि सुल्झाउने बेला आएको बताउनुभएको छ । विराटनगरको एकीकृत जाँच चौकीको भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मित्रताका आधारमा काम गरे दुई पक्षीय सम्बन्ध थप उचाइमा लैजान सकिने बताउनुभयो । प्रधानमन्त्री ओलीले दुई देशबीच थाँती रहेका मुद्दा सुल्झाउने बेला आएको पनि समकक्षी मोदीलाई सम्झाउनुभएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणका लागि निम्तो पनि दिनुभयो ।

दुई देशबीचको सम्बन्ध नयाँ उचाईंमा पुगेको दावी गर्दै प्रधानमन्त्री ओलीले आगामी भ्रमणमा दुई देशबीच थाँती रहेका सबै विषय सम्वादबाट हल गर्न अवसर मिल्ने उल्लेख गर्नुभयो । विराटनगरमा निर्माण सकिएको एकिकृत चेकपोस्ट र गोरखा र नुवाकोटमा बनेका ५० हजार घर हस्तान्तरण गर्न मंगलबार बिहान प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भिडिओ कन्फेरेन्स भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू