अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०० | Colorodo: 10:15

मकवानपुरमा हिटर बालेर सुतेका ८ भारतीय पर्यटकको मृत्यु

बिआरटीनेपाल २०७६ माघ ७ गते ६:३४ मा प्रकाशित

मकवानपुरको थाहा नगरपालिका सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा बास बसेका आठ जना भारतीय पर्यटकको मृत्यु भएको छ । आज बिहान होटलमै अचेत अवस्थामा भेटिएका उनीहरुमध्ये एक जनाको घटनास्थलमै र बाँकीको काठमाडौंको ह्याम्स अस्पतालमा मृतक घोषणा गरिएको हो ।

मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्रा रहेका छन् । दुई कोठा लिएर बसेका उनीहरु भारतको केरला प्रदेशका भएको प्रहरीले जनाएको छ । उनीहरु ४ महिला र ४ पुरुष रहेका छन् । ती पर्यटकहरु दुई कोठामा बसेको भए पनि बेहोस अवस्थामा एकै कोठामा भेटिएको प्रहरीले जनाएको छ । चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

अचेत अवस्थामा रहेका भारतीयहरुलाई हेलिकप्टरमार्फत काठमाडौं स्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो । उनीहरु नागपोखरीमा रहेको इजी कम्पनीबाट हेटौंडा आएको बुझिएको छ । उनीहरु कटेजमा बसेका थिए । टोलीमा १५ जना थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू