अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

धरान शहरका योजनाकार पुर्व मेयर राईको निधन

बिआरटीनेपाल २०७६ माघ ६ गते ७:३९ मा प्रकाशित

धरान उपमहानगरपालिकाका पूर्वमेयर ध्यानबहादुर राईको निधन भएको छ । पूर्वमेयर राईको ललितपुरको पाटन अस्पताल उपचारको क्रममा सोमबार निधन भएको हो । राई २०४९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट नगरप्रमुख निर्वाचित हुनुभएको थियो । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राईको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

धरान उपमहानगरपालिकाका पूर्वनगरप्रमुख ध्यानबहादुर राईले राजनीति र समाज परिवर्तनको आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो’ पूर्वप्रधानमन्त्री नेपालले राईको निधनप्रति शोक व्यक्त गर्दै उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू