अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४९ | Colorodo: 05:04

एमसिसी खेर जान दिनु हुँदैन– कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत

बिआरटीनेपाल २०७६ माघ ६ गते ७:३८ मा प्रकाशित

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले संसदबाट एमसिसी पारित गर्नुपर्ने बताउनुभएको छ । उहाँले एमसिसी अनुदानलाई खेर जान दिन नहुनेमा जोड दिनुभयो । पोखरामा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै सहमहामन्त्री महतले अमेरिकी सरकारले दिएको यो ठूलो अनुदान रकम भएकोले सदनबाट पारित गर्नपर्ने बताउनुभयो ।

एमसिसीलाई लिएर अनावश्यक चर्चा र शंका गरिराख्नु नपर्ने महतको भनाई थियो । फरक प्रसंगमा महतले नागरिक अधिकार कुण्ठित गर्ने गरी विधेयकहरू ल्याएको भन्दै सरकारको आलोचना गर्नुभयो । तर, नागरिक स्वतन्त्रता हनन् हुने गरी सरकारले विधेयक ल्याएको उहाको टिप्पणी थियो । महतले सरकारले भ्रष्टाचारलाई बढावा दिएको आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू