अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२० | Colorodo: 13:35

अर्घाखाँचीमा पोखरीमा डुबेर २ बालिकाको ज्यान गयो

बिआरटीनेपाल २०७६ माघ ६ गते ७:३४ मा प्रकाशित

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ शान्ति बगैचाको पोखरीमा डुबेर २ बालिकाको ज्यान गएको छ । शान्ति बगैचाभित्र खेल्ने क्रममा पोखरीमा डुबेर गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ ।

ज्यान जानेमा अर्घाखाँचीको मालारानी ८ घर भएकी ५ वर्षीय कृष्टिना महत र प्युठान नगरपालिका घर भइ अहिले सन्धिखर्कमा बस्ने ४ वर्षीय वर्षा थापा रहेको प्रहरीले जनाएको छ । दुबै जनाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू