अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१४ | Colorodo: 13:29

प्रदेश ५ को प्रमुख प्रतिपक्षी दलका नेता पोख्रेलको निधन

बिआरटीनेपाल २०७६ माघ ६ गते ७:३३ मा प्रकाशित

प्रदेश ५ का सांसद बलदेव शर्मा पोख्रेलको निधन भएको छ । उहाँको आज आफ्नै निवासमा निधन भएको नेपाली कांग्रेस तिलोत्तमा नगरपालिका–१४ का सभापति नारायण ढकालले जानकारी दिनुभएको हो । क्यान्सर रोगबाट पीडित पोख्रेललाई तिलोत्तमास्थित क्रिमसन अस्पतालमा राखिएको थियो ।

उहाँलाई निको नहुने भएपछि केहीदिन अघिमात्र घर लगिएको थियो । प्रमुख प्रतिपक्षी दलका सांसद बलदेव प्रदेश ५ का ज्येष्ठ सदस्य हुनुहुन्थ्यो । उहाँ कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभामा सदस्य हुनुभएको थियो ।

विसं १९९४ मा प्युठानको तुसारामा जन्मिएका बलदेव २०२० सालबाट रुपन्देही कांग्रेसमा सक्रिय हुनुहुन्थ्यो । पोख्रेलका श्रीमती,४ छोरा र २ छोरी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू