अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५३ | Colorodo: 17:08

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट

बिआरटीनेपाल २०७६ माघ ६ गते ७:२८ मा प्रकाशित

माघ नौ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज मध्यरातीबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन आचार संहिता बमोजिम राती १२ बजेबाट ४८ घण्टे मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको हो । मौन अवधिमा आचार संहिता अनुसार निर्वाचन प्रचार प्रसारका कुनै पनि कार्य गर्न नपाइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्ति उल्लेख छ ।

‘कुनै पनि सञ्चार माध्यमबाट निर्वाचन प्रचार प्रसार कार्य गर्न गराउन पाइने छैन् । मौन अवधिमा आफ्ना वेभसाइट, ट्वीटर, फेसबुक, भाइवर वा एसएमएस जस्ता सामाजिक संजाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न निषेध गरिएको छ,’ श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस अवधिमा निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी वा त्यस्तो उदेश्य लिई छलफल, गोष्ठी, सेमिनार, अन्तरक्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कुनै पनि कार्य गर्न गराउन पाइने छैन् ।

मौन अवधिको पालना गरीरगराई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउन सहयोग पु¥याउन सबै मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारीलगायतलाई आयोगले आग्रह गरेको छ । निर्वाचन बिहीबार सात प्रदेशका उच्च अदालत रहेका जिल्ला क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू