अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१२ | Colorodo: 10:27

उपसभामुख पाए काँग्रेसले सभामुखमा उम्मेदवारी नदिने

बिआरटीनेपाल २०७६ माघ ६ गते ७:२७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपसभामुख आफ्नो पार्टीलाई दिन सत्तारुढ दल नेकपा तयार भए सभामुखमा उम्मेदवारी नदिने भएको छ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको रिक्त सभामुखमा निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी हुँदा काँग्रेसले यस्तो विकल्प अघि सारेको हो ।

सभामुखमा उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा पार्टीसँग दुइ विकल्प रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । उहाँका अनुसार पहिलो प्रमुख सत्तारुढले सभामुख र प्रमुख प्रतिपक्षीले उपसभामुख भागबण्डा गर्ने विकल्प छ । दोस्रो विकल्प सत्तारुढ र विपक्षीको सोझो सेटमा भिडन्त गर्ने रहेको शर्माको भनाइ छ ।

सभामुखमा उम्मेदवारी दिन परे सांसद पुष्पा भुसाललाई अघि सार्ने तयारी काँग्रेसले गरेको छ । संविधानमा सभामुख र उपसभामुख एउटै दल र लिङ्गको हुन नहुने व्यवस्था छ । त्यसैले नेकपाले उपसभामुख अर्काे दललाई दिनैपर्ने बाध्यता छ ।

काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले एउटा पदका लागि नेकपासँग छलफल गर्ने बताउनुभयो । सहमति नभए पनि एउटा पदमा उम्मेदवारी दिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू