अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२९ | Colorodo: 20:44

ए डिभिजन लिगमा ब्रिगेड र संकटाको बराबरी

बिआरटीनेपाल २०७६ माघ ६ गते ७:२६ मा प्रकाशित

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले ब्रिगेड ब्वाइजसँग बराबरी खेल्दै अंक बाडेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा र ब्रिगेडले गोल रहित बराबरी खेल्दै अंक बाडेका हुन् । दुवै टोलीले पाएको अवसर गुमाउँदा खेल बराबरीमा सकिएको हो ।

ब्रिगेडसँगको बराबरीसँगै संकटाले शीर्ष ६ मा उक्लने मौका गुमाएको छ । आठौं स्थानको संकटाले ७ खेलमा ९ अंक जोडेको छ । ब्रिगेडले ७ खेलमा ८ अंक जोडेको छ भने ब्रिगेड लिगको नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू