अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२३ | Colorodo: 00:38

कुनै विकल्प नभएकाले राजपरिवारको पद त्यागे – बेलायती राजकुमार ह्यारी

बिआरटीनेपाल २०७६ माघ ६ गते ७:२४ मा प्रकाशित

बेलायती राजकुमार ह्यारीले अरु कुनै विकल्प नै नभएकाले राजपरिवारको सक्रिय सदस्य पद त्यागेको बताउनुभएको छ । सेन्ट्रल लण्डनमा दक्षिण अफ्रिकामा एचआइभी संक्रमणसहितका बालबालिकाको सहयोगका लागि रकम संकलन गर्न आयोजित कार्यक्रममा सम्बोधन गर्दै ह्यारीले उक्त कुरा बताउनुभएको हो ।

सम्बोधनका क्रममा राजकुमार ह्यारीले आफू र श्रीमती मेघना जिम्मेवारीहरुबाट भाग्न नखोजेको भन्दै बेलायतलाई संधै माया गरिरहने स्पष्ट पार्नुभयो । साथै ह्यारीले वित्तिय रुपमा आत्मनिर्भर हुने गरी काम गर्ने योजना रहेको पनि उल्लेख पनि गर्नुभएको छ । ह्यारी र उहाँकी श्रीमती मेघनाले अबदेखि हिज र हर रोयल हाइनेसको सम्बोधन प्रयोग गर्न पाउने छैनन् । यसैगरी उहाँहरुले राजकीय जिम्मेवारीका लागि सार्वजनिक कोषको प्रयोग पनि गर्न समेत पाउनुहुने छैन ।

गत सोमबार बेलायतको सान्ड्रिममा आयोजना गरिएको उच्च पदस्थ ब्यक्तिहरुको बैठकमा ह्यारी र मेघनाको भावी राजकीय भूमिकाका सम्बन्धमा छलफलपछि उहाँहरुको निर्णयको सम्बोधन गरिएको हो । सम्बोधनको क्रममा राजकुमार ह्यारीले आफनो हजुरआमा र कमाण्डर इन चिफप्रति सँधै अति आदर र सम्मान रहिरहने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू