अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३१ | Colorodo: 07:46

उपसभामुख तुम्बाहाम्फेद्धारा राजिनामा, प्रतिनिधिसभालाई नेतृत्वविहीन हुन नदिन राजीनामा ढिलो दिएको भनाइ

बिआरटीनेपाल २०७६ माघ ६ गते ७:२२ मा प्रकाशित

उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले पदबाट राजिनामा दिनुभएको छ । प्रतिनिधिसभालाई नेतृत्वविहीन हुन नदिन आफूले आजका मितिसम्म राजीनामा नदिई बसेको उहाँले बताउनुभयो । संसद सचिवालयमा राजीनामापत्र बुझाएपछि संसद भवन बानेश्वरमा पत्रकारसँग कुरा गर्दै तुम्बाहाङ्फले संविधानले नै प्रतिनिधिसभालाई नेतृत्वविहीनको कल्पना नगरेकाले अहिलेसम्म राजीनामा नदिएको स्पष्ट पार्नुभयो ।

संसदको ठूलो पार्टीले सभामुखको उम्मेदवारको टुङ्गो लगाएकाले आफूले आज राजीनामा दिएको तुम्बाहाङ्फेले बताउनुभयो । राजीनामा नगर्नु र सभामुखका लागि दाबी गर्नुमा आफूलाई कुनै संस्था वा व्यक्तिको संरक्षण नभएको जानकारी गराउँदै तुम्बाहाङ्फेले आफूले दलीय स्वार्थबाट बाहिर रहेर जिम्मेवारी सम्हालेको दावी गर्नुभयो । उहाँले दलको निर्देशनबाट प्रतिनिधि सभालाई जोगाउन सक्छु कि सक्दिनँ भन्ने विषयमा आफू सफल भएको दाबी गर्नुभयो ।

आजका दिनसम्म प्रतिनिधिसभालाई आफूले रिक्त रहन नदिएको उहाँको भनाइ थियो । मुलुकमा पितृसत्ता सोँच मात्रै नभई संस्थागत रूपमा जरा गाडेर बसेको पनि उहाँले टिप्पणी गर्नुभयो । संस्थालाई प्रणालीगत रुपमा अगाडि बढाउने सवालमा आफूले बाजी मारेको दाबी तुम्बाहाम्फेको छ । अब मन्त्री बन्नुहुन्छ त भन्ने प्रश्नमा भने अहिलेसम्म कुनै सहमति नभएको उहाँले प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू