अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

विशेषज्ञ सहित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बिआरटीनेपाल २०७६ माघ ५ गते १०:०२ मा प्रकाशित

५५४ जनाले गराए निःशुल्क स्वास्थ्य जाँच
माघ ४ काठमाडौँ । बालुवा खानी हेल्थ केयर सेन्टर प्रालिको आयोजना बुढानिलकष्ठ न.पा.१०को समन्वयमा भएको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट सयौँले लाभ लिएका छन् । यही माघ ४ गते बु.न.पा.१० बालुवा खानी चोक कपनमा भएको ेि शिविरबाट त्यस क्षेत्रका ५५४ जना भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । ३ जना वरिष्ठ चिकित्सक ४ चिकित्सक तथा २ जना नर्स सहितको टोलीले स्वास्थ्य परीक्षण गरेको शिविर संयोजक विष्णु गिरीले बताए । बिबिरमा २५० भन्दा बढीको निःशुल्क रगत परीक्षण गरिएको गिरीले बताए ।

आधारभूत विशेषज्ञ चिकित्सकीय सेवाको आफ्नै टोलमा भन्ने लक्ष्य सहित शिविरको आयोजना गरिएको संयोजक गिरीले बताए । शुल्क स्वास्थ्य शिविरमा दात, हात खुट्टा,ढाड कम्मर पोल्ने,झमझमाउँने, बाथ रोग युरिक एसिड, सुगर रोग, मुटुको समस्या, दन्त सम्बन्धी समस्या,खाना मन नलाग्ने, अनिद्रा, झस्कने, तर्सर्ने, आलस्या हुने, ओछ्यानमा पिसाप गर्ने, साथै स्त्री सम्बन्धी महिनावारी अनियमित हुने लगायत रोगका बिरामीहरू आएका थिए । स्वास्थ्य परीक्षणमा आएका धेरै जसोको स्वास्थ्य परीक्षण गर्दा श्वास प्रश्वास सम्बन्धी दमको रोग, ग्यास्टीकका धेरै बिरामी भेटिएको वरिष्ठ जनरल फिजिसीयन डा. एस.बी खड्काले बताए ।

शिविरमा परामश केन्द्र नै राखेर स्वास्थ्य सम्बन्धी सचेतनामूलक जानकारीका साथ यस्ता समस्याको न्यूनीकरणको लागि अपनाउन सकिने घरेलु उपायका बारेमा समेत जानकारी दिएको बालुवा खानी हेल्थ केयरका अध्यक्ष श्रीराम अधिकारीले बताए । उनका अनुसार स्वास्थ्य चेक अप पछि बिरामीहरूलाई ३ लाख भन्दा बढीको औषधी निःशुल्क वितरण बताए ।

अध्यक्ष अधिकारीले समाजमा रहेका गरिब, असहायहरूको लागि यस्ता शिविरको आयोजनाले धरै सहयोग पुग्ने बताए । उनले भने, ‘यदि यसो गर्न सकिए सामान्य अवस्थामा नै रोग पहिचान हुने र उपचार गर्न समेत सजिलो हुने भएकाले आम नागरिक आफ्नो स्वास्थ्यबारे बेलैमा सचेत हुनुपर्छ ।’

हेल्थ केयरका सञ्चालक सुनिल केसीका अनुसार अस्पतालमा गई उपचार गर्न नसकी रोग पालेर बसिरहेकाहरूका लागि स्वास्थ्य शिविरले फाइदा पुग्ने दाबि गरे निःशुल्क शिविरमा आफ्नै गाउँ ठाउँमै स्वास्थ्य परीक्षण गराउन पाएपछि स्थानीयहरू निकै प्रसन्न भएका थिए ।

स्वास्थ्य शिविरमा आई पुगेका ५४ वर्षीय लो बहादुर नेपालीले आफ्नै ठाउँमा स्वास्थ्य जाँच र निःशुल्क औषधी पाएकोमा खुसी हुँदै डाक्टरलाई धन्यवाद दिए । शिविरमा धेरै प्रकारका रोगी आए पनि,ग्यास्ट्रिक,अर्थोपेडिक, गाईनोका बिरामीहरू शिविरमा धेरै आएको डाः अनिल कुमार गुप्ताले बताए । शिविरमा सहभागीले उपचार मात्र नभएर आफ्नो स्वास्थ्यको बारेमा परामर्श समेत लिएका थिए । शिबिरमासेवा लिनेमा महिला रहेका छन् भने त्यसमा पनि पाठेघर लगायत प्रजनन स्वास्थ्य सम्बन्धीका बिरामीहरू बढी रहेका छा् । शिविरमा काठमाडौँका के.एम.सी अस्पताल, वीर अस्पताल, कान्तिवाल अस्पताल ,प्रसूति गृह अस्पतालका चिकिन्सकहरुले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा बुढानिलकष्ठ नगरपालिकाका नगर प्रमुख उद्धव प्रसाद खरेल, बडा नं १०का बडा सदस्य चन्द्रमान श्रेष्ठ स्थानीय बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधिहरूले समेत स्वास्थ्य परीक्षण गराएका थिए ।

शिविरमा जनरल फिजिसियन, बाल रोग, प्रसूति स्त्री तथा निःशन्तान, हाड जोर्नी तथा नशा, दन्त रोग, फिजियोथेरापी सेवा , सामान्य डेसिङ लगायतको सेवा उपलब्ध गराइएको थियो । स्वास्थ्य शिविरमा ई.सी.जी, डिजिटल एक्स र सेवामा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । शिविरमा सिनियर कन्सल्टेन्ट डा. एस.बी खड्का, बाल रोग बिशेषक्ष सिनियर कन्सल्टेन्ट गणेश श्रेष्ठ, सिनियर कन्सल्टेन्ट श्रीप्रसाद अधिकारी,डा अनिल कुमार गुप्ता, डा सजनी बस्नेत नेपाल लगायतको चिकित्सक टोलीले सेवा दिएका थिए । बिहान ९बजे देखि सुरु भएको स्वास्थ्य शिविर दिनको ३ बजे सम्म सञ्चालन गरिएको थियो । शिविरमा बुढानिलकष्ठ नगरपालिकाका बडा नं १०,११ र १२ बडाका जनताले प्रत्यक्ष लाभ लिएका थिए शिविरलाई बु.न.पा १० बडा, सामाजिक रूपान्तरणको लागि नागरिक समाज लगायतका सङ्घ संस्थाले सहयोग गरेको शिविर संयोजक गिरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू