अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 15:28

१७ वर्षीय किशोरले ३ दिनमै पत्ता लगाए नयाँ ग्रह

बिआरटीनेपाल २०७६ माघ ५ गते ७:३६ मा प्रकाशित

अमेरिकी अन्तरिक्ष संस्था नासामा प्रशिक्षार्थीको रुपमा छोटो समय काम गरेका एक स्कुले विद्यार्थीले अन्तरिक्षमा नयाँ ग्रह पत्ता लगाएका छन् । बिबिसीले जनाए अनुसार १७ वर्षीय किशोर वुल्फ कुकिअरले यस्तो पत्ता लगाएका हुन् । उनले प्रशिक्षार्थीको रुपमा नासामा काम गरेको तीन दिनमै नयाँ ग्रह पत्ता लगाएको बिबिसीले जनाएको छ ।

शक्तिशाली भूउपग्रहबाट आएका तस्बिरहरु हेरिरहँदा वुल्फले अचानक अनौठो चिज देखेपछि यसबारे खोजी गर्दा ग्रहको पुष्टि भएको हो । उक्त अनौठो वस्तु १ हजार ३ सय प्रकास वर्ष टाढा रहेको समाचार नासाले पुष्टि गरेको छ ।

उनले देखेको अनौठो वस्तुलाई आफ्ना पर्यवेक्षकलाई देखाएपछि नयाँ ग्रहबारे पुष्टि भएको हो । बिबिसीका अनुसार ती किशोरले दुई महिना नासामा प्रशिक्षार्थीको रुपमा काम गरेर विद्यालय फर्किसकेका छन् । विदाको क्रममा उनले प्रशिक्षार्थी बन्ने मौका पाएको पनि बताइएको छ ।

वुल्फले पत्ता लगाएको नयाँ ग्रह पृथ्वी भन्दा ६ दशमलब ९ गुणा ठूलो रहेको पनि समाचारमा छ । जुन बस्नयोग्य नभएको र तरल पदार्थले भरिएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू