अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

ट्रम्पमाथि लागेको महाअभियोग प्रजातन्त्रमाथिको खतरा आक्रमण

बिआरटीनेपाल २०७६ माघ ५ गते ७:३३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको महाअभियोग प्रजातन्त्रमाथिको खतरनाक आक्रमण भएको ट्रम्पको कानूनी समूहले जनाएको छ । राष्ट्रपति ट्रम्पको कानूनी समूहले जारी गरेको ६ पृष्ठ लामो वक्तव्यमा महाअभियोग पत्रमा आरोप लगाइएका कुनै पनि अपराध पुष्टि गर्ने आधार नरहेको र महाअभियोग सन् २०२० को चुनावमा दखल गर्ने ‘निर्लज्ज’ प्रयास मात्रै रहेको उल्लेख छ ।

डेमोक्र्याटले महाअभियोग पत्रलाई सिनेटमा अघि बढाउने सम्बन्धमा आफ्नो तर्फबाट संक्षिप्त विवरण पेश गरेपछि त्यसको जवाफ स्वरुप ट्रम्पको कानूनी टिमको प्रतिक्रिया आएको हो । सिनेटमा महाअभियोगमाथि हुने बहस आउँदो हप्तादेखि सुरु हुनेछ । अमेरिकाको इतिहासमा महाअभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुनुहुन्छ । उहाँमाथि शक्तिको दुरुपयोग र संसदको कार्यमा अवरोध गरेको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू