अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 05:35

इङ्गलिश प्रिमियर लिग – न्युकासलसँग चेल्सी पराजित, म्यान्चेस्टर सिटी, आर्सनल र टोटनह्याम बराबरीमा रोकिए

बिआरटीनेपाल २०७६ माघ ५ गते ७:२७ मा प्रकाशित

इङ्गलिश प्रिमियर लिग फुटबलमा चेल्सी पराजित हुँदा अन्य शिर्ष टोलीहरु म्यान्चेस्टर सिटी, आर्सनल र टोटनह्याम हट्सपर बराबरीमा रोकिएका छन् । गएराती भएको खेलमा चेल्सीलाई न्युकासल युनाइटेडले १–० ले हराएको हो ।

यसैगरी म्यान्चेस्टर सिटीले क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरी खेदा आर्सनललाई शेफिल्ड युनाइटेडले १–१ गोलको बराबरीमा रोकेको छ । गएराती टोटनह्याम हट्सपरले वाट्फोर्डसँग गोलरहित बराबरीमा चित्त बुझाँउदा ब्राइटन र एस्टन भिल्लाले १–१ गोलको बराबरी खेले ।

प्रिमियर लिग फुटबलमा वुल्भरह्याम्पटन वान्डरर्सले साउथह्याम्पटनलाई ३–२ ले हराउँदा नरिच सिटीले बर्नमाउथलाई १–० ले पराजित गरेको छ । वेष्ट ह्याम युनाईटेडले एभर्टनसँग १–१ गोलको बराबरी खेलेको छ । प्रिमियर लिग फुटबलमा आज(आइतबार) शिर्ष स्थानको लिभरपुलले म्यान्चेस्टर युनाईटेडसँग खेल्नेछ । आजै लेष्टर सिटीले बर्न्लेको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू