अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०० | Colorodo: 13:15

अन्नपूर्ण आधार शिविरमा अझै केही पर्यटक बेपत्ता

बिआरटीनेपाल २०७६ माघ ५ गते ७:२६ मा प्रकाशित

अन्नपूर्ण आधार शिविरमा अझै केही पर्यटक बेपत्ता भएको आशंका गरिएको छ । दुईजना नेपाली र चारजना कोरियन गरी सातजना गत शुक्रबारदेखि बेपत्ता छन् । हिमपहिरोमा परी अझै केही पर्यटकहरु हराएको हुन सक्ने टे«किङ एजेन्सिज एशोसिएन अफ नेपालले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

खराब मौसमका कारण उनीहरुको खोजी कार्य गर्न सकिएको छैन । हिजो आधार शिविरमा रहेका एक सय ३० जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो । शुक्रबारदेखि हराएकाहरुमा पथप्रदर्शक सरोज परियारको साथमा रहेका चारजना कोरियन, सहयोगी मीनबहादुर लामा (तामाङ) र छिरिङ भोट सम्पर्कमा नरहेको टान पोखरा अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो ।

खराब मौसमका कारण सात सुरक्षाकर्मी त्यसतर्फ गए पनि खराब मौसमका कारण घटनास्थल पुग्न सकेका छैनन् । सो ठाउँमा ५ फिटसम्म हिउँ परेको र ७ ठाउँमा पहिरो गएको जनाइएको छ । वेपत्ता कोरियन नागरिकका आफन्तहरु पनि खोजीका लागि आइतबार घटनास्थलतर्फ लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू