अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 07:02

बेलायतका राजकुमार ह्यारी र पत्नी मेघनाद्धारा शाही परिवारको सदस्यता त्याग

बिआरटीनेपाल २०७६ माघ ५ गते ७:१० मा प्रकाशित

बेलायतका राजकुमार ह्यारी र उहाँकी पत्नी मेघनाले शाही परिवारको सदस्यता त्याग गर्नुभएको छ । अब उहाँहरुले शाही सम्बोधनसमेत नगर्ने बताईएको छ । राजकीय जिम्मेवारीका लागि उहाँहरुले सार्वजनिक कोषको प्रयोग पनि नगर्ने बेलायती राजदरबार बकिङ्गहम प्यालेसले जानकारी दिएको छ ।

यस्तै ह्यारी र मेगनले अबदेखि औपचारिक रुपमा महारानीको प्रतिनिधित्व गर्ने छैनन् । द ड्युक एण्ड डचेज अफ ससेक्सले उनीहरुको घर फ्रोग्मोर कटेज पुनर्निर्माणका लागि खर्च भएको २.४ मिलियन पाउण्ड समेत फिर्ता गर्ने जनाइएको छ । फ्रोग्मोर कटेज राजकुमार ह्यारी र मेगनको बेलायती पारिवारिक घर रहने राजदरबारद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

यो वर्षको बसन्तमा भएको प्रयासपछि नयाँ व्यवस्थापन निस्किएको राजदरबारले जनाएको छ । ह्यारी दम्पती रचनात्मक काममा लाग्नेमा आफू आशावादी रहेको महारानी एलिजावेथले विस्वास व्यक्त गर्नुभएको बीबीसीले उल्लेख गरेको छ । ह्यारी र मेघनाले उत्तर अमेरिकामा स्वतन्त्र जीवन बिताउने इच्छा राखेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू