अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५३ | Colorodo: 01:08

गायिका आस्था राउतलाई पक्राउ गर्न पुर्जी जारी

बिआरटीनेपाल २०७६ माघ ५ गते ७:०३ मा प्रकाशित

गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ। अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा आस्थालाई पक्राउ गर्न अनुमति दिइएको हो । डिउटीमा रहेका बेला आफूलाई दुर्व्यवहार गरेको भन्दै त्रिभूवन विमानस्थलमा कार्यरत महिला प्रहरीले जाहेरी दिएकी थिइन् ।

विमानस्थलका प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै केही दिनअघि गायिका राउतले गरेको फेसबुक लाइभ भाइरल भएको थियो। लगत्तै प्रहरीले सुरक्षा जाँचका क्रममा दुर्व्यवहार गरिएको भनिएको अवस्थाको सिसिटिभी फुटेज बाहिर ल्याएको थियो। राउतले ड्युटीमा खटिएका प्रहरीले आफूविरुद्ध अभद्र व्यवहार गरेको आरोप लगाएकी छिन्। यता प्रहरीले भने राउतले प्रहरी संगठनकै बदनाम गरेको र ड्युटीमा खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको दाबी गरेको छ।

प्रतिक्रिया