अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 23:31

लेबनानमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप, १ सय ५० बढी घाइते

बिआरटीनेपाल २०७६ माघ ५ गते ७:०३ मा प्रकाशित

लेबनानमा जारी आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा १ सय ५० भन्दा बढी घाइते भएका छन् । देशको राजनीतिक र आर्थिक परिवर्तनको माग गर्दै एक महिनादेखि जारी आन्दोनलका क्रममा प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा सर्वसाधारण घाइते भएको समाचारमा जनाइएको छ ।

राजधानी बेरुतका विभिन्न स्थानबाट भेला भएका प्रदर्शनकारीले संसद भवन अघि सडक अवरुद्ध पारेपछि सुरक्षाकर्मीसँग झडप भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । गत अक्टोबरदेखि सुरु भएको आन्दोलनमा सर्वसाधारणका माग सम्बोधन गर्न नसकेको भन्दै सरकारको विरोधमा बढ्दै गएक प्रदर्शन हिंसात्मक बन्न थालेका छन् ।

आन्दोलनकारीले आफूहरुका माग सम्बोधन गर्नेगरी नयाँ मन्त्रीपरिषद गठन गर्नसमेत माग गरेका छन् । यसैबीच जारी राजनीतिक गतिरोध अन्त्य नभए लेबनानमा गरिबीको दर अझै बढ्न सक्ने भन्दै विश्व बैंकले चिन्तासमेत व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू