अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५१ | Colorodo: 12:06

लिबियाको द्वन्द्वका कारण एक लाख ५० हजार बढी स्थानीय बासिन्दा विस्थापित

बिआरटीनेपाल २०७६ माघ ४ गते ८:०८ मा प्रकाशित

लिबियामा भएको द्वन्द्वका कारण एक लाख ५० हजार भन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएर शरणार्थी बन्न पुगेका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी आयुक्तको कार्यालय (युएनएचसीआर) ले शुक्रबार दिएको जानकारीअनुसार लिबियाको राजधानी त्रिपोली र आसपासका क्षेत्रमा फैलिएको द्वन्द्वका कारण उनीहरु विस्थापित भएका हुन् ।

“सन् २०१९ को अप्रिलदेखि भइरहेका द्वन्द्वका घटनाहरुका कारण एक लाख ५० हजारभन्दा बढी स्थानीय बासिन्दाले आफ्नो घर छाडेर हिडेका छन्,” शरणार्थी आयुक्तको कार्यालयले भनेको छ । विस्थापित भएर आन्तरिक रुपमा शरणार्थी भएकाहरुलाई आयुक्तको कार्यालयको तर्फबाट सहयोगी सामग्रीहरु उपलब्ध गराइरहेको पनि कार्यालयले जनाएको छ ।

झण्डै तीन हजार शरणार्थी तथा आप्रवासीहरु मध्य लिबियामा नजरबस्दमा परेको पनि कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । त्रिपोलीमा सन् २०१९ को अप्रिलदेखि सैन्य अभियान चलाइएको छ । उनीहरुले त्रिपोली सहर आफ्नो नियन्त्रणमा लिएका छन् । सन् २०११ मुअम्मर गद्दाफीको शासनलाई पतन भएयता लिबिया असुरक्षा र अराजकता बढ्दै गएको पाइन्छ । लिबिया गैरकानुनी युरोप जान चाहने आप्रवासीे लागि प्रस्थानको माध्यमको रुपमा पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू