अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४१ | Colorodo: 10:56

दीपकराज गिरीको आस्थालाई सुझाव– प्रहरीसँग माफी माग

बिआरटीनेपाल २०७६ माघ ४ गते ८:०६ मा प्रकाशित

कलाकार दीपकराज गिरीले गायिका आस्था राउतलाई माफी माग्न सुझाव दिनुभएको छ । आज आफ्नो फेसबुक पेजमा आस्थालाई सम्बोधन गर्दै गिरीले त्रिभुवन विमानस्थलमा भएको घटनाप्रति प्रहरीसँग माफी माग्न सुझाव दिन ुभएको हो । गल्ती आस्था र प्रहरी जवान दुवैबाट भएको भन्दै उहाँले चौतर्फी आस्थाको आलोचना भैरहेको भन्दै आफ्नो गल्ती स्वीकार गर्न सुझाव दिनुभएको हो ।

“आज कतिपय स्ट्याटस हरू ‘कलाकार यस्तै घमण्डी हुन्छन्’ भनेर आउँछ दुःख लाग्छ । त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसँग म माफी माग्छु,” गिरीले लेख्नुभएको छ, “तिमी पनि माग । सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन । हामी सामान्य नागरिक नै हौं, यो वास्तविकतालाई बुझौं ।” गल्ती अरुकै भए पनि दोष कलाकालाई आउने गरेको गिरीले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया