अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१३ | Colorodo: 17:28

अमेरिका उताहमा गोलीकान्ड, चारजनाको मृत्यु

बिआरटीनेपाल २०७६ माघ ४ गते ८:०० मा प्रकाशित

अमेरिकामा भएको गोलीकान्डमा परी कम्तीमा चारजनाको मृत्यु भएको छ । उताह राज्यमा शुक्रबार राति भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकिएको प्रहरी अधिकारीहरुको भनाइ छ । प्रदेशको राजधानी सहर साल्ट लेक सिटीसँगै जोडिएको ग्रान्ट्सभिल्ले भन्ने ठाउँमा गोलीकान्ड भएको हो ।

सरकारी अधिकारीहरु घटनास्थलमा पुगेर चारजनाको मृत्यु भएको पुष्टि गरेको ग्रान्ट्सभिल्लेका प्रहरी अधिकृत होन्डा फिल्डसले जनाएका छन् । उनले घटनाकाबारेमा प्रहरीले अनुसन्धान गरिरहेको र घाइते पाँचजनाको अस्पतालमा उपचार भइरेको जानकारी दिएका छन् । आक्रमण गर्ने र पीडितहरु एउटै परिवारका हुन् कि होइनन् भन्ने अहिले यकिन भइनसकेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू