अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३५ | Colorodo: 13:50

दिल्लीमा आइतबारदेखि नयाँ सुरक्षा कानुन लागू हुँदै – कारण नबताइ एक वर्षसम्म जोकोहीलाई हिरासतमा राख्न सकिने

बिआरटीनेपाल २०७६ माघ ४ गते ७:४२ मा प्रकाशित

भारतको राजधानी दिल्लीमा आइतबारदेखि नयाँ सुरक्षा कानुन लागू हुने भएको छ । आइतबारदेखि लागू हुने कानुनले १८ अप्रिल २०२० सम्म आपतकालीन अवस्थामा जोकोही व्यक्तिलाई पनि हिरासतमा राख्ने अधिकार दिएको दिल्लीका उपराज्यपाल अनिल बैजलले बताउनुभएको छ ।

गएको पुस २६ गते जारी गरिएको कानुनअनुसार अब कोही पनि व्यक्तिलाई पक्राउ गर्नुको कारण नबताइ एक वर्षसम्म हिरासतमा राख्न सकिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । कानुनी व्यवस्था र देशको सुरक्षाको लागि कोही व्यक्तिमाथि प्रशासन र अधिकारीले शंका गरे पक्राउ गर्न सक्ने अधिकार यो कानुनमा छ ।

दिल्लीमा नागरिकता संसोधन कानुन र नेश्नल रजिस्टर अफ सिटिजन्सको विरुद्ध आन्दोलन चलिरहेका बेला यो कानुन पारित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू