अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०७ | Colorodo: 17:22

चीनमा एक बच्चा नीति खारेज भएपनि जन्मदर बढेन

बिआरटीनेपाल २०७६ माघ ४ गते ७:४२ मा प्रकाशित

चीनको जन्मदर जनवादी गणतन्त्रको स्थापना भएयताकै न्युन स्तरमा पुगेको छ । सरकारले एक बच्चा नीतिमा केही खुकुलोपन ल्याएको भए पनि जन्मदरमा त्यस अनुसारको वृद्धि नदेखिँदा यो परिणाम आएको हो । चीनको जन्मदर अघिल्लो वर्ष प्रति हजार १० दशमलव ४८ थियो ।

चीनको नेसनल ब्युरो अफ स्ट्याटिस्टीकका अनुसार यो तथ्याकं सन् १९४९ यताकै न्युन हो । चीनको जनसंख्या सन् २०१९ मा एक अर्ब ४० करोड थियो । चीनले सन् १९७९ मा, तत्कालिन समयमा तीव्र दरमा वृद्धि भइरहेको जनसख्या नियन्त्रणका लागि ‘एक बच्चा नीति’ लागु गरेको थियो । सन् २०१५ मा सरकारले ‘एक बच्चा नीति’लाई परित्याग गरेर दुई बच्चा नीति ल्यायो ।

तर सुधारपछिका दुई वर्ष जन्मदरमा केही सुधार देखिएको भए पनि हाल पहिलेभन्दा तल झरेको छ । सरकारले ‘एक बच्चा नीति’ परित्याग गरेको भए पनि परिवारलाई दुई बच्चा हुर्काउन सहयोगी हुने कार्यक्रम नल्याउनाले नयाँ परिवर्तनले असर गर्न नसकेको विज्ञले बताएका छन् ।

CHINA-NATIONAL-DAY

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू