अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३७ | Colorodo: 01:52

ए डिभिजन लिग– जावलाखेलविरुद्ध पुलिस विजयी

बिआरटीनेपाल २०७६ माघ ४ गते ७:३८ मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ । सातदोवाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा पुलिसले जाउलाखेल युथ क्लबलाई २–० गोलले पराजित गरेको हो । जितसँगै पुलिस सात खेलबाट ११ अंक बनाएको पुलिस चौथो स्थानमा उक्लिएको छ । नौ अंक बनाएको जाउलाखेल छैटौं स्थानमा छ ।

आजै भएको अर्को खेलमा मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबले अङ्क बाँडेका छन् । सम्पन्न खेलमा थ्रीस्टारले मनाङलाई २–२ को बराबरीमा रोक्दै अङ्क बाँडेको हो । बराबरीसँगै साविकको विजेता मनाङले ७ खेलबाट १३ अङ्क जोडेको छ । मनाङको समानआर्मी र मछिन्द्रको अङ्क छ र, आर्मीले एक खेल कम अर्थात् कुल ६ खेल खेलेको छ । थ्रीस्टार भने ११ अङ्कसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया