अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०१ | Colorodo: 03:16

अकुपाई टुँडिखेल अभियान ११ औं सप्ताहमा फोटो प्रदर्शनी

बिआरटीनेपाल २०७६ माघ ४ गते ७:३७ मा प्रकाशित

अकुपाई टुँडिखेल अभियानको ११ औं सप्ताहमा फोटो प्रदर्शनी गरिएको छ । अतिक्रमणको चपेटामा परेको टुंडिखेलको संरक्षण र खुल्ला क्षेत्रको महत्व उजागर गर्ने उद्देश्य सहित सुरु गरिएको अभियानको ११ हप्तामा फोटो प्रदर्शनी गरिएको हो । आज ‘हामी नबिर्सौ नाम दिएर फोटो प्रदर्शनी गरिएको हो ।

अभियानले गतहप्ता खुल्लामञ्चभित्र बसपार्क निधेष गरिएको सूचना टाँसेको थियो । प्रदर्शनीमा ऐतिहासिक महत्व, विपदको साथी, साँघुरिदो खुला ठाउँ—पहिले र अहिले, खुला ठाउँको महत्व, निस्सासिएको शहर र आहा क्या राम्रो काठमाडौं जस्ता विषयहरु समेटिएका थिए ।

सांस्कृतिक र राजनीतिक महत्व बोकेको टुंडिखेलमा बसपार्क, अनधिकृत पसल सञ्चालन मा आएका छन् । भवन बनाउने सामान र कामदार बस्ने ठाउँ तथा ढलान गर्ने कार्य गरी टुँडिखेल मासिँदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू