अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१५ | Colorodo: 00:30

एमसीसी एकमतले अनुमोदन हुन्छ – नेकपा प्रवक्ता श्रेष्ठ

बिआरटीनेपाल २०७६ माघ ४ गते ७:३६ मा प्रकाशित

सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मिलेनियम कर्पोरेसन च्यालेञ्ज (एमसीसी) राष्ट्र हितमा हुने गरी पार्टीबाट एकमतले पारित गर्ने निर्णय हुने बताउनुभएको छ । शनिबार बेनीमा आयोजित कार्यक्रममा श्रेष्ठले देशकै मत विभाजन हुनेगरी चर्चामा आएको एमसीसी राष्ट्रको हितमा हुनेगरी अगाडि बढाइने स्पष्ट पार्नुभयो ।

एमसीसीको विषयमा तनाव लिन आवस्यक नरहेको उल्लेख गर्दै उहाँले सरकार स्वतन्त्र परराष्ट्र नीतिका पक्षमा रहेको बताउनुभयो । महाकालीबाट पाठ सिकेकाले सचिवालयले एकमतले राष्ट्रहितमा निर्णय गर्ने भएकोले एमसीसी सम्बनधमा अन्ध सर्मथन वा विरोध गर्ने भन्दा पनि मनन् गरी धारणा बनाउन उहाँले सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय सभामा आफ्ना लागी भोट माग्न श्रेष्ठ म्याग्दी जानुभएको थियो । राष्ट्रिय सभामा म्याग्दीबाट नेकपाको २ प्रदेशसभा सदस्यसहित ७ जनाको १ सय ८६ अंक, स्थानीय तहका मेयरसमेत ६ जनाको १ सय ८ अंक छ भने काँग्रेसको र उपमेयर एक जना राप्रपाको गरी १८ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू