अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

सगरमाथा र माछापुच्छ्रे आधार शिविरबाट २ सय बढीको उद्धार

बिआरटीनेपाल २०७६ माघ ४ गते ७:३५ मा प्रकाशित

सगरमाथा आधार शिविर र माछापुच्छ्रे आधार शिविरबाट दुइ सय जना भन्दा बढी पर्यटक र गाइडको उद्धार गरिएको छ । उनीहरुको चार वटा हेलिकप्टर प्रयोग गरेर उद्धार गरिएको पर्यटन विभागले जनाएको हो । वर्षा र हिमपातमा फसेकाको उद्धार गरिएको पर्यटन विभागका निर्देशक मिरा आचार्यले जानकारी दिनुभयो ।

हालसम्म अन्नपुर्ण सर्किटको देउराली आसपासमा चार जना कोरियाली पर्यटक सहित तीन नेपाली सम्पर्क विहीन रहेको आचार्यले बताउनुभयो । सम्पर्क विहीन रहेका नेपालीमा गाइडद्वय सरोज परियार र छिरिङ भोटे र भरिया मिनबहादुर लामा रहनुभएको छ । कोरियाली पर्यटकको नाम आइनसकेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू