अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 18:53

रुँदै माफी मागिन् आस्था राउतले

बिआरटीनेपाल २०७६ माघ ३ गते ११:२६ मा प्रकाशित

गायिका आस्था राउतले त्रिभुवन विमानस्थलमा प्रहरी जवान र आफूबीच भएको विवादको भिडिओ सार्वजनिक भएपछि माफी मागेकी छिन्। राउतले आफूमाथि महिला प्रहरीले असभ्य भाषा प्रयोग गरी ‘दुर्व्यवहार’ गरेको भन्दै बुधबार लाइभमा आएकी थिइन्। सो क्रममा उनले प्रहरीलाई पनि ‘अपशब्द’ प्रयोग गरेकी थिइन्। सामाजिक सञ्जालमा उनको भिडिओ सार्वजनिक भएपछि केही उनको पक्षमा उभिएका छन् भने केहीले भने प्रहरीलाई अपशब्द प्रयोग गरेको भन्दै आलोचना गरेका छन्।

आस्था राउतले सार्वजनिक गरेको भिडिओले बिहीबार एकाएक चर्चा पाएको थियो। सोही घटनालाई लिएर महानगरीय प्रहरी कार्यालयलाई छानबिन समेत गर्न निर्देशन दिएको थियो। शुक्रबार त्रिभुवन विमानस्थलमा राउत र प्रहरी जवानबीच भएको भिडिओ एकाएक सार्वजनिक भयो। त्यसपछि फेरि राउत आफ्नो फेसबुकबाट लाइभ आएर आफूले प्रहरी जवानलाई अपशब्द बोलेको भन्दै त्यसप्रति माफी मागेकी छन्। ‘लाइभ आउनेबेलामा म अलिकति संम्यमित हुनसक्थें, कम्प्लेन थियो त्यसलाई डिसेन्ट वेमा भन्न सक्थें’ उनले आफ्नो फेसबुक लाइभमा भनेकी छन्।

तर आफूप्रति दुर्व्यवहार भएको भने उनले दाबी गरेकी छिन्। ‘मप्रति दुर्व्यवहार भएकै हो आज नि भन्छु, भोलि नि भन्छु,’ उनले भनिन्, ‘मैले घटनालाई के भएको हो सरल भाषामा भन्न सक्थे; डन्ठे, सन्ठे भन्न हुँदैन थियो, सबै प्रहरीलाई सरी भन्न चाहन्छु तपाईंहरूको मनोबल गिरेको भए।’ ‘दुई चार वटा शब्द मैले नभनेको भए हुन्थ्यो, नत्र भने मैले भनेका अरु कुरा गलत छैनन्, ‘उनले थप भनेकी छन्।’ यो समाचार सेतोपाटीले छापेको छ् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू