अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 10:49

ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पाद्वारा मछिन्द्र पराजित

बिआरटीनेपाल २०७६ माघ ३ गते ८:५२ मा प्रकाशित

शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाले मछिन्द्र क्लब माथि जित हात पारेको छ । आज भएको खेलमा हिमालयन शेर्पाले मछिन्द्र माथि २–० गोलको जित हात पारेको हो । लिगमा पहिलो हारसँगै मछिन्द्रलाई उपाधि होडमा धक्का लागेको छ ।

लिगकै पहिलो जितले रेलिगेशन संकट टार्न संघर्षरत हिमालयन शेर्पा भने नवौं स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा हुने भनिएको खेल वर्षाका कारण सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा खेलाईएको थियो ।

शीर्ष स्थानको नेपाल आर्मीसँग समान १३ अंक भएपनि मछिन्द्र गोल अन्तरमा आधारमा दोस्रो स्थानमा रहेको छ । साथै आर्मीले एक खेल कम खेलेको छ ।

प्रतिक्रिया