अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३१ | Colorodo: 02:46

गायिका आस्था राउतमाथि छानबिन सुरु, उपस्थित नभए पक्राउ गरिने

बिआरटीनेपाल २०७६ माघ ३ गते ८:४९ मा प्रकाशित

प्रहरीले गायिका आस्था राउतमाथि छानबिन थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतसँग भएको विवादको समयको सीसीटीभी फुटेजसहित कारवाहीको माग गर्दै लिखित निवेदन महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा दिएसंगै घटनाको छानविन शुरु भएको हो ।

विमानस्थलमा गायिका राउतसँग भएको भनिएको घटनाबारेमा प्रहरी जवान श्रेष्ठले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा लिखित जानकारी गराएपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता किरण बज्राचार्यले गायिका राउतसँग जोडिएको यो घटनाबारेमा प्रहरी जवान श्रेष्ठसँग सोधपुछ गरिएको जानकारी दिनुभयो । बज्राचार्यले यस बिषयमा थप जानकारी लिन गायिका राउतलाई बोलाइने बताउनुभयो । यदि आस्था नआए चाँडै पक्राउको प्रक्रिया सुरु गरिने प्रहरीले बताएको छ ।

झापा हुँदै दार्जि्लिङ जाने क्रममा बुधबार त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुव्र्यवहार गरेको आरोप गायिका राउतले लगाउनुभएको थियो । उहाँले सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई जथाभावी गालीसमेत गर्नुभएको थियो । आस्थाले तल्लोस्तरमा झरेर सिंगो संगठनलाई नै गाली गरेपछि उक्त विषयमा अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू