अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१३ | Colorodo: 18:28

अस्पतालले नागरिकलाइ जतिसक्दो कम मूल्यमा उपचार प्रदान गर्ने हैसियत बनाउनुपर्छः स्वास्थ्यमन्त्री ढकाल

बिआरटीनेपाल २०७६ माघ ३ गते ८:४८ मा प्रकाशित

स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले अस्पतालले नागरिकलाइ जतिसक्दो कम मूल्यमा उपचार प्रदान गर्ने हैसियत हुनुपर्ने बताउनुभएको छ । तनहँुको शुक्लागण्डकी नगरपालिका ५ को जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गदै उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा उहाँले नेपालीहरुको सकुन्जेल सम्म अस्पताल नजाने र थला परेपछि मात्र अस्पताल जाने बानी रहेकाले समस्या हुने गरेको धारणा राख्नुभयो । यो बानीलाई परिर्वतन गर्न आवश्यक रहको मन्त्री ढकालको भनाइ छ । उहाँले समयमा नै आफूलाइ कुन रोग लाग्यो ? भनेर थाहा पाउन सके सुरक्षित हुन सकिने धारणा राख्नुभयो ।

रोग लाग्नु भन्दा पहिला नै आवश्यक सुरक्षा सम्बन्धमा ध्यान दिएमा रोग लागेर उपचार गर्न पर्ने स्थिती नआउने मन्त्री ढकालको भनाइ थियो । अस्पतालले उपचार सेवा दिदाँ अन्य ठाँउमा सिफारिस नगरि आफैले सेवा दिने हैसियतको हुनुपर्ने पनि मन्त्री ढकालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू