अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३६ | Colorodo: 11:51

लगातारको वर्षाका कारण देशभर चिसो बढ्यो

बिआरटीनेपाल २०७६ माघ ३ गते ८:४८ मा प्रकाशित

हिजो देखि सुरु भएको लगातारको वर्षाका कारण देशभर चिसो बढेको छ । माघे झरीका कारण हिमाली तथा पहाडी जिल्लाहरुमा हिमपात भएको छ । हिमपातका कारण सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी जिल्लाको जनजीवन कष्टकर बनेको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा भएको हिमपात यो वर्षको चौथो पटक हो ।

पश्चिमी वायु सक्रिय हुँदा यसअघि परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । उपत्यकासहित देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा भइरहेको मौसमबिदले बताएका छन् ।

यो क्रम आज रातिसम्मै रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोली बिहानबाट मौसममा क्रमशः सुधार हुने मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू