अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 13:09

अन्नपूर्ण बेसक्याम्प अत्याधिक हिमपात– ४ जना कोरियाली नागरिक सम्पर्कविहीन

बिआरटीनेपाल २०७६ माघ ३ गते ८:४१ मा प्रकाशित

अन्नपूर्ण बेसक्याम्प घुम्न गएका ४ जना कोरियाली सम्पर्क बाहिर गएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बेसक्याम्प घुम्न गएका ९ जना कोरियाली नागरिकको टिममध्ये ५ जनालाई जिवितै उद्दार गरिएको छ ।

अत्यधिक हिमपातका कारण बाँकी ४ जना हराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ट्राभल नेट नामक संस्थाले दिएको जानकारी अनुसार बेसक्याम्पमा गएका ९ कोरियाली नागरिक मध्ये ४ जना सम्पर्क बाहिर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले बताउनुभयो ।

प्रहरीलार्ई प्राप्त सूचनाअनुसार बेसक्याम्प घुम्न गएका ९ जनामध्ये ५ जनाको उद्दार भइसकेको छ । चिसोका कारण उद्दार हुन कठिनाई परेको उहाँको भनाई छ । कोरियाली ९ सहित नेपाली नागरिक पनि उक्त टिममा सहभागी हुन सक्ने काकीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू