अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४ | Colorodo: 02:29

सामाजिक सञ्जालमा आलोचना भएपछि आस्थाले भनिन्, ‘फ्यान, मेरो लागि बोलिदिनुस्’

बिआरटीनेपाल २०७६ माघ ३ गते ८:४० मा प्रकाशित

त्रिभुवन विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालबाट प्रहरीलाई गाली गरेपछि गायिका आस्था राउतको आलोचना भएको छ। शुक्रबार बिमानस्थलमा भएको घटनाबारे फुटेज सार्वजनिक भएपछि आस्थालाई नियम कानुन नमानेको भन्दै गाली गर्नेको सङ्ख्या धेरै भयो।

प्रहरी प्रशासनले उनले गल्ती गरेको भए सजाय गर्ने बताएपछि आस्था फेसबुक लाइभमा आएर कुराकानी गरेकी छिन्। ३८ मिनेट लामो भिडियोमा उनले आफूलाई भएको घटना बताउँदै आफूले प्रहरी प्रशासनलाई बोलेको केही शब्दप्रति क्षमाप्रार्थी भएको बताएकी छन्।

उनले भनेकी छन्, ‘अबको लाइभमा म यस्तो कुरा गर्न चाहन्न। मलाई प्रहरी प्रशासनसँग मन दुख्यो। फ्यान मेरो लागि बोलिदिनुस्। दम्भ मैले देखाएको हैन, देखाउन जरुरी छैन। नराम्रो कमेन्ट गर्नेको – आफ्नो सोच्ने क्षमता हो।

अत्याचारको विरुद्धमा मैले बोल्दा नराम्रो बोल्नेको औकात देखियो। सक्नुहुन्छ राम्रो गर्नुस् नत्र ठीक छ। दुई चार शब्द मैले नबोलेको भए हुन्थ्यो। प्रशासन संयमित होस्, तँ तँ र म म नगर्नुस्। मैले सुरु गरेको होइन, झङ्गलेपछि मैले त्यस्तो व्यवहार गरेँ। जस्तो व्यवहार आयो मेरो पनि भडास निस्किएको हो। सत्य बोल्दा सत्य तितो हुन्छ। समाज पनि सुध्रन जरुरी छ। दुई चारओटा शब्द मैले पनि दोर्होयाउन हुन्थेन।

जय होस् जय नेपाली।’

 

प्रतिक्रिया