अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३५ | Colorodo: 07:50

तत्काल संसद बैठक राखेर एमसिसी पारित गर्न काँग्रेसको माग

बिआरटीनेपाल २०७६ माघ ३ गते ८:३३ मा प्रकाशित

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले तत्काल संसद बैठक राखेर एमसिसी पारित गर्न माग गरेको छ । आज बसेको संसदीय दलको बैठकले सरकारलाई ध्यानाकर्षण गराउँदै यस्तो आग्रह गरेको हो । संसद बैठक माघ ६ गतेका लागि तोकिएको छ ।

प्रतिनिधि सभाको हिउँदे अधिवेशनबाटै एमसिसि अनुमोदन गर्न काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो । सभामुखको उम्मेदवारी दिने, नदिने विषयमा पनि बैठकमा छलफल भएको थियो । यद्यपी यसबारेमा सत्तापक्षसँग वार्ता गरेपछिमात्र तय हुने भनिएको छ ।

संविधानले फरक दलको सभामुख र उपसभामुख हुने व्यवस्था भएको प्रति ध्यानाकर्षण गर्दै दुइ मध्य एक पदमा आफ्नो पनि दाबी रहने काँग्रेसले बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू