अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०५ | Colorodo: 02:20

युएईमा नेपालीसहितका २४ कामदार सवार गाडी दुर्घटना, ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ माघ २ गते ७:३३ मा प्रकाशित

युएईमा नेपाली कामदारसहित २४ जना सवार गाडी दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले दुर्घटना भएको र त्यसमा केही नेपाली कामदार समेत परेको पुष्टि गर्नुभएको छ ।

दुर्घटनामा केही नेपाली कामदार परेको तर उनीहरुको पहिचान भने भइनसकेको उहाँले बताउनुभयो । प्रवक्ता पौडेलका अनुसार नेपाली, श्रीलंका र अफ्रिकी कामदार बोकेको गाडी दुर्घटना भएको हो । गाडीमा सवार सबै सरसफाइ सम्बन्धी काम गर्ने एमबीएम कम्पनीका महिला कामदार हुन् ।

गाडीमा सवार २४ मध्ये १८ जना नेपाली कामदार थिए । दुर्घटनामा नेपाली कामदार समेत परेको हुन सक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । दुर्घटना लगत्तै राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल , श्रम काउन्सुलर भेषबहादुर कार्कीसहित दूतावासको अस्पताल पुगेर मृतक तथा घाइतेको अवस्था बुझुनु भएको छ ।

घाइतेमध्ये ५ जना नेपालीको आबुधाबी खलिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार दूतावास स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू