अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४६ | Colorodo: 14:01

विप्लव समहुले गर्दैमा ललिता निवासको जग्गा कब्जा हुँदैन – सरकार प्रवक्ता मन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७६ माघ २ गते ७:२४ मा प्रकाशित

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले ललिता निवासको सरकारी जग्गा नेत्रविक्रम चन्द विप्लव समूहले कब्जा गरेर कब्जा नहुने बताउनुएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक मन्त्री बाँस्कोटाले सरकारले ललिता निवासको जग्गा छानबिन गरिरहेको स्पष्ट पार्नुभयो । ललिता निवासको जग्गा जसले जे भने पनि नेपाली जनता र सरकारको जग्गा रहेको उहाको भनाई थियो ।

जसको जग्गा परे पनि सरकारी जग्गा व्यक्तिहरूलाई दिन नसकिने बास्कोटाको भनाई थियो । विप्लव समुहले चर्चामा आउनका लागि मात्रै यस्ता गतिविधि गरेको उहाको ठहर थियो । सार्वजनिक चर्चामा आएको विषयमा एक्सन लिएर शक्तिशाली देखिने रहर विप्लव समुहका रहेको भन्दै उहाँले लुकेर हमला गर्ने कार्यले उनीहरुलाई राम्रो नहुने टिप्पणी गर्नुभयो ।

जनताका सम्पत्तिमा क्षति पुर्याउने र टावर आगजनी गर्ने क्रियाकलाप आतंकवादी क्रियाकलाप भएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले यस्ता आतंकवादी क्रियाकलाप अन्तरगत झण्डा गाडेर केही पनि नुहने बताउनुभयो । यस्ता गतिविधिलाई मिडियाले पनि प्राथमिकता नदिएको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू