अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५५ | Colorodo: 21:10

तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

बिआरटीनेपाल २०७६ माघ २ गते ७:२५ मा प्रकाशित

तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी फागुन १ गतेदेखि ५ गतेसम्म चलचित्र महोत्सव हुने जानकारी गराइएको हो । नेपाली चलचित्रको रचनात्मक विकासमा सहयोग पर्याउने उद्देश्यसहित हुने महोत्वसमा ८० चलचित्र प्रदर्शन हुने आयोजकले जनाएको छ ।

महोत्सवमा १० अन्तर्राष्ट्रिय कथानक चलचित्र, ३५ लघु चलचित्र, ५ नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, ८ वृत्तचित्र र ६ एनिमेटेड चलचित्र प्रदर्शन हुने भएका छन् । विभिन्न ५५ देशका ६ सय भन्दाबढी चलचित्रबाट उत्कृष्ठ ८० वटा चलचित्र महोत्वका लागि छनोट भएका छन् । एनिमेसन र वृत्तचित्रको विधा यो वर्षबाट थप गरिएको हो ।

विश्वका कथाहरुको कथ्य उत्सव नारासहित शुरु हुन लागेको महोत्वमा कथानक चलचित्र, वृत्तचित्र र एनिमेटेड विधाका उत्कृष्ट चलचित्रलाई छुट्टाछुट्टै पुरस्कार वितरण गरिनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट कथानक चलचित्रलाई १ हजार ५ सय अमेरिकी डलरसहित गौतम वुद्ध अवार्ड प्रदान गरिनेछ ।

त्यसैगरी सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार अमेरिकी डलरसहित माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० अमेरिकी डलरसहित मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलरसहित बाग्मती अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । नेपाली उत्कृष्ट चलचित्रलाई १ लाख रुपैयाँ पुरस्कार र उत्कृष्ट लघु चलचित्रलाई ४० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ ।

कथानक चलचित्रको मुल्याङ्कनका लागि बलिउड फिल्म निर्देशक प्रकाश झाको नेतृत्वमा निर्णायक समिति गठन गरिएको छ । वृत्तचित्र, लघु चलचित्र तथा एनिमेटेड चलचित्रको मुल्याङ्कनका लागि श्रीलंकन फिल्ममेकर अनोमा राजाकरुण नेतृत्वको समितिले गर्नेछ ।

प्रतिक्रिया