अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०७ | Colorodo: 21:22

बालुवाटारबाट कसले ज्यानमार्ने धम्की दियो ? प्रष्ट गर्न भीम रावललाई सञ्चारमन्त्रीको आग्रह

बिआरटीनेपाल २०७६ माघ २ गते ७:२६ मा प्रकाशित

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारबाट कसले ज्यान मार्ने धम्की दिएको हो प्रष्ट गर्न नेकपाका नेता भीम रावललाई आग्रह गर्नुभएको छ । रावलले केही दिनअघि आफूलाई बालुवाटारबाटै ज्यानमार्ने धम्की आएको भन्दै सञ्चारमाध्यमहरुमा बताउनुभएको थियो ।

सोही बारेमा पत्रकारद्धारा सोधिएको प्रश्नमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले प्रधानमन्त्री कसैको ज्यान लिने हुनुहुन्छ र ? भन्दै प्रतिप्रश्न गर्नुभयो । बालुवाटारबाट कसले र कुन फोन नम्बरबाट धम्की दिएको प्रष्ट पार्न उहाँले नेता रावललाई आग्रह गर्नुभयो । मन्त्री बाँस्कोटाले फरक विचार राखेकै कारण कसैलाई पनि ज्यान मार्ने धम्की दिन नपाईने उल्लेख गर्नुभयो ।

आफ्ना कार्यकर्तालाई सिध्याउन प्रधानमन्त्रीले तरबार वा खल्तीमा गोलीको माला लिएर हिड्नुहुन्छ र ? यस्तो सोच्नु नै गलत हो, सञ्चारमन्त्री बाँस्कोटाको भनाइ थियो । सरकारले सुरक्षासमेत उपलब्ध गराएकाले नेता रावलको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने आफुलाई नलागेको मन्त्री बाँस्कोटाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू